Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

काठमाडौँ । बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता रहेका छन् ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना घाइते भएका छन् । त्यसैगरी बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक परिवारलाई जनही दुई लाखका दरले सहायता रकम उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार हालसम्म यो सहायता १६० परिवारले पाइसकेका छन् ।

त्यसैगरी बाढी पहिरोका कारण देशका बिभिन्न जिल्लाका १० भन्दा बढी सडक अझै पूर्ण रुपमा अवरुद्ध रहेका छन् भने ति सडक खुलाउने प्रयास जारी रहेको छ ।


सम्बन्धित समाचार

राउत प्रधानन्यायाधीशमा नियुक्त

२०८१ आश्विन २०

ताजा नेपाल