Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान ७ बजेसम्म विभिन्न आठ जिल्लाबाट ४६९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै १७८ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार रातिसम्म ९७७ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा विदेशी नागरिकसमेत रहेका छन्।
प्राधिकरणका अनुसार नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्। यस्तै, अध्यागमन कार्यालयका चार जना तथा रसुवाका १६१, नुवाकोटका एक र मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीपछि ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ। तीमध्ये नेपाल भ्रमणमा आएका १२७ जना विदेशी नागरिक छन्।
बाढीमा परी हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा तीन जना रहेका छन्।
उद्धार तथा खोजी कार्यका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। यसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन्।
शुक्रबार बिहानैदेखि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ।
२०८३ भाद्र १२
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल