Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बादल र भट्टले छोडे प्रचण्डको साथ

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा परेपछि जोसुकै फस्छ । नेकपाको विवाद उत्कृर्षमा पुगेका बेला शितल निवास पुर्याएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लट्टी पट्टी पारेपछि दाहालका पक्षधरहरु शशंकित हुन थालेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले बोलाएको आफू पक्षीय स्थायी कमिटी सदस्यको भेलामा गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट अनुपस्थित भएका छन्। दाहालले सोमबार विहान आफू पक्षीय स्थायी कमिटी सदस्यलाई छलफलका लागि खुमलटार बोलाएका थिए। उक्त छलफलमा थापा र भट्ट भने अपुस्थित रहेका छन्। अन्य स्थायी कमिटी सदस्य भने उक्त छलफलमा सहभागी भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। पछिल्लो समय दाहाल निकट स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीलाई साथ दिन थालेपछि दाहालले आफू पक्षीय सदस्यलाई एकजुट बनाउन छलफलको आयोजना गरेका हुन्।


सम्बन्धित समाचार