Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुरामलाई प्रधानमन्त्रीले भने हावादारी कुरा गरेर मान्छे नभड्काउनुहोस्

काठमाडौं । भ्रष्टाचारको छानविन गर्न चुनौती दिएर चर्चामा आएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टाईको अभिव्यक्तिले अहिले चौतर्फी हलचल ल्याइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन्।

आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ। एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु, प्रधानमन्त्री ओलीले भने, यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं।

नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरेका छन्। देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं, उनले भने, हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौं। सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता नीति लिएको पनि प्रधानमन्त्रीले बताए। केही तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको आफूले सुनेको उनको भनाइ छ।

गोरखामा हालै आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाएका थिए। उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौती दिइरहेका छन्। तर भट्टराईले उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल