Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुराम कमरेड अब कताको यात्रा ?

काठमाडौं । कम्युनिष्टको औचित्य सकियो भन्दै नयाँ शक्ति गठन गरेका बाबुराम सहारा खोज्ने क्रममा मधेशवादी शक्तिमा पुगे त्यहा पनि उनी टिक्न सक्ने अवस्था आएन अब बाबुरामको यात्रा कता होला भन्ने अडकलबाजी हुन थालेको छ । जनता समाजवादी पार्टी जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका छन् । डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो । त्यसमा यादव पनि सहमत भएको भट्टराई निकट एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए । उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतले बतायो ।
नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जनता समाजवादी पार्टीको आधिकारिकता यादवसँग रहने सम्भावना छ । आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ । एक केन्द्रीय सदस्य भन्छन्, सायद छिट्टै केन्द्रीय सदस्यहरुको भेला बोलाइन्छ होला । नेताहरु छलफल गर्दै हुनुहुन्छ ।