Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबुराम र उपेत्द्रको मन फाट्यो

काठमाडौँ । राष्ट्रिय राजनीतिबाट क्षेत्रीय राजनीतिमा पुगेका बाबुराम भट्टराईको पार्टी फेरि छिन्नभिन्न हुने भएको छ । पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा विवाद चुलिएको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढ्नुका थुप्रै कारणहरू छन् । आन्तरिक विवाद यतिसम्म चर्किएको छ कि एउटै पार्टीभित्र भट्टराई र यादव पक्षका नेताले तर्क राख्दै आएका छन् । पार्टीमा विवाद बढ्नुका कारणबारे यादव र भट्टराई पक्षका नेताहरूका आ आफ्ना बुझाइ छन् । भट्टराई पक्षधर जसपाका कार्यकारणी सदस्य प्रशान्त सिंहले पार्टीअध्यक्ष यादव राष्ट्रिय मूलधारको राजनीतिमा आइपुग्दा पनि मधेसमा मात्रै सिमीत भएकाले पनि पार्टी फुटको संघारमा पुगेको आरोप लगाएका छन् । त्यस्तै डा। भट्टराईले समावेशी र सामूहिक नेतृत्वको कुरा गर्दा यादवले भने नेतृत्व केन्द्रीकरण गर्न चाहेकाले यसले वैचारिक विवाद सुरु भएको उनले बताए । ‘लोकतान्त्रिक पद्धतिमा सामूहिक छलफल गरेर अघि बढ्नुपर्ने हो । अध्यक्ष यादवले संघीयताको मर्मअनुसार गतिविधि नगरेको भन्दै सदस्य सिंहले प्रदेश, स्थानीय तहलाई अधिकार दिने तर, त्यसको नियन्त्रण केन्द्रले गर्ने सोच र व्यवहारले गर्दा मनमुटाव बढेको बताए । त्यस्तै यादव पक्षधर अर्का नेता तथा जसपा कार्यकारणी सदस्य प्रकाश अधिकारी भने पार्टीमा विवाद नै नभएको बताउँछन् । अध्यक्ष यादवको स्वविवेक र आवश्यकताअनुसार बैठक बस्ने भन्दै सदस्य अधिकारीले यसमा दबाब सिर्जना गर्नुपर्ने जरुरी नभएको बताए ।