Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबु–आमाको हत्या गर्ने कन्चन पक्राउ

काठमाडौं । तेह्रथुम, आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा फेदाप गाउँपालिका ५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटी गएको छ । खोटाङ, आफ्नै भिनाजुलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा केपिलासगढी गाउँपालिका(२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिलनले भिनाजु नाता पर्ने ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय बाक्सिला र प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै आवश्यक अनुसन्धान र सोधपुछका लागि मिलनकै भाइ २० वर्षीय जिवन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार