Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हिजो भगवानरुपी केपी ओलीले जे गर्छन् त्यो जनताको बहुदलीय जनवाद ठान्ने नेकपा एमालेका दासरुपी नेताहरूलाई ११औं महाधिवेशनको पौरखी परिणाममा उफ्रिएको आज काम लागेन । एमालेका नेतालाई कानुन नलाग्ने सहमतिमा गरेको लुटको कतै पनि छानविन नहुने, दम्ब संसदमा प्रदर्शन गर्ने योगेश भट्टराईहरू सकभर मन्त्री पदको लागि केपीकै चाकडीमा थिए । मन्त्रीका लागि गरेको त्यो चाकडीले पुगेन, जबर्जस्त ११औं महाधिवेशनमा गुटगत रुपमा उम्मेदवार बनेकाहरूलाई हराएर ३११ मा १२ केन्द्रीय सदस्य २ पदाधिकारी जितेका फरक धारका नेताहरूलाई संसदको टिकटबाट बञ्चित गर्दाको परिणाम हामीले बहुमत ल्याउँछौं भन्नेले परिणामपछि बल्ल दाश र हनुमानहरूको चेत आएको छ । तर एमाले बेइमानी र लुच्चाहरूको जमात हो । ओलीले २ वर्ष अगाडि विद्याप्रति सदभाव राखेनन् । विधानमै अध्यक्षले जस्तो प्रस्ताव गर्छन् । त्यो पार्टीको प्रस्ताव ठान्ने भ्रष्टाचार शिरोमणिहरू पनि आज तह लागेका छन् । हिजो जबर्जस्ती भएका महासचिव शंकर त ओलीको फोटोकपी बनेका थिए । आज तिनैलाई अध्यक्ष ओली भगवान भन्न मन लागेन । बाले चाहे भने एउटै व्यक्ति पटक पटक मौका पाउँछ । हिजो देश लुट्ने लाइसेन्स दुई तिहाईको बनाउँदा कस्ता कस्ता काण्डका नायक जोगाइदिएका रहेछन् त्यो त आज देखियो । गिरिबन्धु, भुटानी शरणार्थी, ६६ केजी सुन, स्मार्ट फोन, एनसेल, विद्युतको महसुल काण्ड, राजश्व मिनाहा, मिनबहादुरको दान र पार्टी कार्यालय भवन निर्माण जस्ता दर्जनौ काण्डमा अध्यक्ष नै सरकारको नेतृत्वमा रहँदा दबाइएको कारण पनि एमाले स्वच्छ छ भन्ने भएन । आज एमालेका ३११ सदस्य केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी बाहेक २९२ जनालाई ५७३ स्थानीय तहमा पार्टी पुननिर्माणका लागि खटाउने निर्णय भएको छ । अपराध मोचनको त्यो शुरुवात हो । हिजो विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने ओलीको एकल निर्णयमा ताली बजाएर उफ्रने जोक्करहरू आज चुनावमा जनताले लोप्पा दिएपछि बल्ल ठाउँमा आएका छन् । त्यो पनि गल्ती स्वीकार्न होइन । तिनका मतदाताले चुनावमा मुख नहेरेपछि हिजोको हैकमी शैलीबाट पन्छन मात्र खोजेका हुन् । विद्या भण्डारी पार्टी अध्यक्षमा प्रतिस्पर्धी बन्छिन् भनेर नै सदस्यता नविकरण हुँदा समेत ओलीबाट रोकियो, अध्यक्षको चुनाव जित्ने हरेक जिल्लामा केपीको दादागिरीलाई मलजल तिनैले गरे जो पदाधिकारीमा निर्वाचित भए । प्रतिनिधि छनोट देखिनै हरेक जिल्लामा एकलौटी गरेर जग हसाएकाहरूले आज चेतेका छन् । तिनैलाई ओलकिो विकल्प जरुरी भएको छ । ओलीका भित्रिया भक्तहरूलाई छटपटी छ । जो गुण्डाका डन हुन् । पार्टी अब चल्दैन, कार्यकर्तामा उत्साह छैन, तर चुनावी रिपोर्टले पनि ओलीको दम्ब घटेको छैन । देशले रु १८ करोड भन्दा बढी खर्च गरेर बचाएको नेता यस्तो ध्वंशकारी हुन्छ भन्ने कसैले सोचेन । कम्युनिष्ट पेलेर काँग्रेस बनेर दुई तिहाईको दम्बले सेना, प्रहरी, सशस्त्र र गुप्तचरको सुझाव नमान्दा बालुवाटार छाडेर ज्यान बचाउनु पर्ने बाध्यता तिनैलाई आयो । तर पनि ओली भूमिगत जीवनको १३ दिनपछि उस्तै भएका कारण एमालेलाई चुनावमा सवक सिकाइएको हो । ओलीको अवस्था गिर्दो छ । आज हिजोको अवस्था छैन । तर पनि बोल्ने छुद्र बोली उनमा हटेको छैन । दाशहरू बोल्दैन् मुख परेर भन्दैनन्, आफ्ना कुरा कार्यकर्ताको रिपोर्ट भन्छन् । एमालेका लागि जनजीविकाको सवाल आज बेपत्ता छ । अब दलीय एकता र सहकार्य ओलीको स्वार्थमा सम्भव छैन । देशको आवश्यकता एउटा छ । ओलीलाई भगवान ठान्ने धुपौरेहरूलाई बाम एकता गराएर गुमेको साख जोगाउनु परेको छ । वामपन्थी जनमत ६४ प्रतिशतबाट घटेर कता पुग्यो, चिन्ता गर्नेहरूले समयकाल परिवेशमा जान सक्नु नै वापमन्थी जनमतको रक्षा हो । प्रचण्डमा जति सहनशिलता छ अोलीबाट त्यो आशा गर्नु आकाशको फल बराबर हो । तर पनि एकता ओलीको रहर छ ।
अंशियार र वंशको लडाइँ
उपाय नलागेपछि केपी ओलीले हिजोको अपराध बिर्सेको ठान्नु गल्ती हुन्छ । एमालेले त्यो पैसा कहाँबाट ल्यायो र फिर्ता ग¥यो ? अबका दिनमा जेनजी आन्दोलनका मृतकको विरुद्ध प्रचण्ड जानुहुन्न । ओलीसँग पार्टी एकता जरुरी छैन । शंकर विष्णु गए हुन्छ । पृथ्वी सुब्बा जेनजी दमनका प्रवक्ता नै थिए । एमालेभित्र अंशीयार र वंशको बीचमा लडाइँ हुन सक्छ । ओली वंशमा शंकर भानु, विष्णु, पृथ्वी, पदमा, महेश पर्छन् । वंश खोज्दा यिनलाई विद्या, ईश्वर, योगेश, गोकर्ण, गोकुल जस्ताले विचारमा प्रतिवाद गर्न सक्छन् । दलाल पुँजीवाद र अमेरिकी जासुसवादले ओलीवंशलाई नांगै बनाउँदा वंशवाद पनि जोगिँदैन । नीतिगत लुट र देश टाट पार्ने योजना केपी ओलीको समृद्धि र विकास हो । आफैंलाई मृगौला दिने भाइ बुहारीको बेहाल बनाउने नेता कस्तो नेता हुन्छ । ट्यापे, हरिलठ्ठक भाई सप्रन्छ भनेर बुहारीले ऋण खोजेर खाडी मुलुक पठाएको विद्या भण्डारी राष्ट्रपति भएका बेला कार्यलय सहयोगी भएर तिरेपछि त्यो महिलाको हालत के भयो अोलीले बुझेका छन् । अहिले घर न घाटमा ती महिला छिन् । एमालेको महिला संघले त्यो देख्छ ? ओली देशकै कलंक र वंशनाश कर्ता भएकैले अंशीयार चम्कन सक्छन् ती पनि उस्तै लुटाहा हुन् ।
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १३
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल