Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालिकाको हत्याको अभियोगमा ४ जना पक्राउ

पर्सा । पोखरिया नगरपालिका-९ शिवबर्वा बस्ने १५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा ४ जनालाइ सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका-९ शिवबर्वा बालिकाकी आमा ३० वर्षीया शिवकली देवी, सोही स्थान बस्ने ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय संतोष महतो तत्वा र सुबोध भन्ने १९ वर्षीय जितेन्द्र यादव रहेका छन् ।

सो ठाउँ बस्ने बीरेन्द्र महतो तत्वाकी १५ वर्षीया छोरी पुनिता कुमारीको हत्या गरी घरबाट करिब २ किलोमिटर उत्तर खोला नजिकै गाडेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरियाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटनास्थलमा शव जलाएको अवस्थामा शरीरको आंशिक भागहरू फेला पारेको हो ।
बालिकाको बावु निज बीरेन्द्र महतो तत्वा हाल फरार रहेकोले को प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल