Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालिका करणी अभियोगमा पक्राउ

काठमाडौं । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–९ दक्षिणटोलास्थित घरमा काम गरी बस्ने अर्घाखाची मालापानी गाउँपालिका–१ घर भएका ३६ वर्षीय बलराम सुबेदीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले सुबेदीलाई पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका बस्ने ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ बिरानमुनी टोल बस्ने ४५ वर्षीय दुर्गा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बाँसको झ्याँगमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।


सम्बन्धित समाचार