Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालिका बलात्कार कसुरमा १९ वर्षीय युवकलाई १८ वर्ष कैद र ६ लाख जरिवाना

उदयपुर । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई उदयपुर जिल्ला अदालतले १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । आरोपित युवक बेलका नगरपालिका ५ का सुशान्त मगर हुन् । न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार सजाय र जरिवानाको उक्त फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए । २०७८ फागुन १३ मा एक बालिकालाई मगरले जबर्जस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ मा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।


सम्बन्धित समाचार