Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाको ट्याक्टरसहित राय पक्राउ

सर्लाही । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ टोलीले अवैध रुपमा बालुवा बोकेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षिय अर्जुन राय छन् । ज १ त ९३७२ नम्वरको ट्याक्टरमा नेपालबाट भारततर्फ अवैध रुपले बालुवा लैजादै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज रायलाई बरामद बालुवा तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य आठ लाख तीन हजार रुपैयाँ रहेको छ ।