Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारमा ओली र प्रचण्डबीच वान टु वान वार्ता

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठन गर्नुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । मन्त्रिमण्डलमा थपिने र बाहिरिने मन्त्रीहरुको टुङ्गो लगाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच कस–कसलाई मौजुदा मन्त्रिपरिषदबाट बिदा गर्ने र क–कसलाई भित्रयाउँने भन्ने विषयमा अन्तिम टुंगो लगाउने भन्नेमा निर्णायक छलफल हुनेछ ।
नयाँ मन्त्रीबारे बालुवाटारमा सहमति जुटेपछि बुधबारै ओली र प्रचण्ड शीतलनिवास पुगेर मन्त्रिमण्डल पुनर्गठनबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनेछन् । त्यसपछि लगत्तै साढे १२ बजे नेकपाको सचिवालय बैठक बसेर शीर्ष नेताहरुबीचको सहमति अनुमोदन गर्ने तयारी छ ।