Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारमा ओली समेतको बैठक सुरु, केही क्षणमै बैठक स्थगित हुने

काठमाडौं । उम्कने बाटो खोज्दा खोज्दै कतैबाट उम्कन नपाएपछि अन्ततः सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए । तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओली पनि अन्ततः बैठकमा सहभागी भएका हुन् । स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ ।

नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् ।


सम्बन्धित समाचार