Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं। आज बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको कार्यदलको बैठकले साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको थियो । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् । कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।