Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारमा गुप्तचरको सेटै फेरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा रहेका ११ जना गुप्तचरका कर्मचारीहरुलाई फेरबदल गरेका छन् । प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई पुरानो टोली हटाएर आफ्नो निम्ति नयाँ टोली पठाउन निर्देशन दिएको साता दिन नबित्दै यो काम पूरा भएको हो । बालुवाटारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको सुरक्षा टोली रहने परम्परा रहेको छ । यस पटक प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले गुप्तचरको पुरानो टिमबाट बालुवाटारभित्रको सूचना बाहिरिएको आरोप लगाएर पुरानो टिमलाई हटाउँदै एमाले भनेर चिनिएकाहरुलाई छानिछानि झिकाइएको बताइन्छ ।