Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटारमा नयाँ मन्त्रीको सूची तयार हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने स्रोतले जनाएको छ । मन्त्रीहरुको सपथग्रहणको लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले जनाएको छ । साँझ सात बजेसम्म सपथग्रहण हुनसक्ने र शीतल निवासमा सपथग्रहणको लागि तयारी भइरहेको स्रोतले जनाएँको छ ।
२५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।
उनीहरुको ठाउँमा अब सबै ओली नेतृत्वको नेकपाका मन्त्रीहरु थपिने भएका छन् । प्रधानमन्त्रीले ककसलाई मन्त्री बनाउँछन् भन्ने निकटस्थहरुले पनि अनुमान लगाउन सकेका छैनन् । माओवादी समूहबाट ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी मन्त्री बन्ने पक्का भए पनि अरुको बारेमा अनुमान मात्र लगाउन सकिने एक नेताले बताए ।


सम्बन्धित समाचार