Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । परम्परागत रुपमा मनाइँदै आएको गाईजात्रा तथा रोपाई जात्रा (घोनाई) पर्वलाई यो वर्ष पनि बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्व र काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष सहयोगमा भदौ ४ र ५ गते विभिन्न कार्यक्रमहरुका साथ मनाइने भएको छ । यो वर्षको गाईजात्रा तथा रोपाईजात्रा कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बनाइने भएको छ । गाईजात्रा तथा रोपाईजात्रा मुल समारोह समितिले दिएको जानकारीअनुसार, विभिन्न विधामा सहभागी भएका उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कार, ट्रफी तथा मेडल मात्र होइन नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । समितिले यो वर्षको कार्यक्रका लागि २० लाख ५५ हजार अनुमानित खर्च देखाएको छ । सो बजेटमध्ये काठमाडौं महानगरपालिका वडा नं. ६ बाट १५ लाख र बाँकी ५ लाख ५५ हजार रकम श्री बौद्ध तामाङ कल्याण गुठीले व्यहोर्ने बताइएको छ । कार्यक्रमका बौद्धनाथ क्षेत्र वरपरका ३९ वटा संस्थाहरुलाई सहयोगी सदस्यका रुपमा रहेका छन् । काठमाडौं महानगरपालिका वडा नंं. ६ का वडाध्यक्ष भुवन लामाका अनुसार गाईजात्रा र रोपाई जात्रा पर्व काठमाडौं खाल्डोभित्र मात्रै सीमित नभई देशका विभिन्न स्थानमा आयोजना हुने गरेको छ । काठमाडौं महानगरपालिकाभित्र विभिन्न क्लब तथा धार्मिक संघ संस्थाहरुले मनाउने सो जात्रा बौद्धनाथ क्षेत्रभित्र रहेका सामाजिक संघसंस्थाहरुको सक्रियताले सो क्षेत्रको जात्रा ऐतिहासिक हुने गरेको वडाध्यक्ष लामा बताए । गाईजात्रालाई आफ्ना पितृहरुको सम्झनामा मनाउने पर्वका रुपमा लिइन्छ । दिवंगत आत्माको चीरशान्तिको कामना सहित मनाइने यो पर्व बौद्धनाथ क्षेत्रभित्र भदौ ५ गते विशेष झाँकी, हास्यव्यङ्ग्य सहित प्रस्तुत गरिने भएको छ । बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष जयमंगल लामाका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय रुपमै युवा स्वयंसेवीहरुको सक्रिय सहभागिता रहेन भएको छ । कार्यक्रममा गाईजात्रा तथा रोपाईजात्रा मुल आयोजक समितिका प्रवक्ता सम्पूर्णकुमार लामाले रोपाईजात्रालाई सभ्य र भव्य बनाउन बौद्धनाथ तामाङ कल्याण गुठी, कठमाडौं महानगरपालिका वडा नं. ६, बौद्धनाथ क्षेत्र विकास समिति समेत विभिन्न संघ संस्थाहरुबाट गाईजात्रा–रोपाईजात्रा मुल समारोह समिति बनेको बताउँदै सो समिति अन्तर्गत रहेका विभिन्न उप समितिहरुलाई कामको बाँडफाँड गरिएको जानकारी दिएका थिए । कार्यक्रमको संयोजन मुल समारोह समितिका सदस्य वीरबहादुर लामाले गरेका थिए ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल