Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
७ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् ।
मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा सरकारलाई चोर भन्दै सिंहदरबारमा आगो लगाइदिन्छु भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरेका थिए ।
उनको स्टाटस तुरुन्तै भाइरल भएको थियो । केहीले दम्भ देखिएको भनेर आलोचना गरेका छन् भने केहीले आक्रोशपूर्ण अभिव्यक्ति दिनुको कारणबारे जिज्ञासा राखेका छन् । तर यसको कारणबारे बालेन आफैंले केही बताएका छैनन् ।
सुलभ कार्कीले ट्वीटरमा मेयर बालेनको अभिव्यक्तिको विरोध गर्दै लोकतान्त्रिक समाजमा हिंसा स्वीकार गर्न नसकिने बताएका छन् । उनले लेखेका छन्, यो अस्वीकार्य भनाइ हो । मेयर बालेन र्यापर मात्र नभइ नेपालको शक्तिशाली मेयर हुन् । उनले केही लेख्नुअघि सोच्नुपर्छ । साथै कुनै पनि प्रकारको हिंसालाई लोकतान्त्रिक समाजमा स्वीकार गर्न सकिँदैन ।
यसअघि काठमाडौं महानगरको मेयरकी उम्मेदवारसमेत बनेकी नेतृ रञ्जु दर्शनाले मेयर साहको आक्रोशको कारणबारे फेसबुकमा जिज्ञासा राखेकी छन् । उनले लेखेकी छन्, देशमा जलाउनेहरु धेरै पटक आए र गए पनि । तिनीहरुको त बरु जिनतिन मुद्दा थियो । यो आक्रोशको पछाडि तपाईंको मुद्दा के हो
यसैगरी पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले पनि बालेनलाई प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, मेयर साप १ शनिबार सवार सरकारी गाडी ट्राफिकले रोक्दा सिंहदरबारमा आगो र सरकार चोर किन र कसरी
मेयर बालेन साहकी पत्नी सवार सरकारी नम्बर प्लेटको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेर छाडेलगत्तै मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएको थियो ।
शनिबार राति करिब ८ः५० बजेतिर सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आएको देखेपछि चेकिङ गर्ने ड्युटीमा रहेका ट्राफिक प्रहरीले सो गाडीलाई रोकेर सोधपुछ गरेका थिए । त्यसपछि मेयरको गाडी हो, गाडीमा मेडम हुनुहुन्छ भनेपछि ट्राफिक प्रहरीले छाडिदिएका थिए । त्यसपछि गाडी गैरिगाउँतर्फ गएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भने, नियमित चेकिङको समय हो । कुन अफिसको हो बिदाको दिन कहाँबाट आउनुभयो भनेर ट्राफिकले सोध्यो । चालकले मेयर सापको हो, मेडम हुनुहुन्छ भनेपछि ल ठिक छ, पास बोकेर हिँड्नुस् है भनेर पठाइदिएको हो । त्यसक्रममा डेढ दुई मिनेट गाडी रोकिएको भट्टले बताए । त्यसलगत्तै ९ बजेर २१ मिनेटमा मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति फेसबुकमा सार्वजनिक भएको थियो ।
प्रजिअ बस्नेतले भने यसबारे के भएको रहेछ म बुझ्छु भन्दै फोन राखेका थिए । प्रजिअ बस्नेतले ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे बुझेका थिए । साथै प्रहरी युनिटले गृह मन्त्रीको सचिवालयमा समेत घटनाबारे जानकारी गराएको थियो ।
प्रजिअ बस्नेतले शान्ति सुव्यवस्था कायम राख्न चेकजाँच गर्ने, सोधपुछ गर्ने सामान्य प्रक्रिया भएको बताए । त्यही गर्दा मेयर बालेन साहको धम्कीपूर्ण अभिव्यक्तिले सुरक्षाकर्मीलाई हतोत्साही बनाएको उनले बताए । ‘शान्ति, अमन चयन कायम राख्नका लागि नियमित रुपमा भइराख्ने कामको सन्दर्भमा उहाँको पनि भूमिका हुन्छ, प्रजिअ बस्नेतले भने, तर यो अभिव्यक्तिले शान्ति सुरक्षा कायम राख्ने सवालमा सुरक्षा युनिटलाई हतोत्साही बनाएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल