Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनको जिम्मेवारी वडाध्यक्षद्वारा अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका छन् । कार्यपालिकाले निर्णय नगरेको भन्दै उनीहरूले जिम्मेवारी लिन अस्वीकार गरेका हुन् । मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन् । बालेनले सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् । ३ जनाले सामूहिक निवेदनको बोधार्थ उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई दिएका छ्न् । मिति २०८२।०२।०१ गतेको पत्रमार्फत हामी तपसिलका नगर कार्यपालिकाको सदस्यहरूलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम (१) बमोजिमको विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रुपमा जानकारीको लागि अनुरोध गर्दछौं, उनीहरूले लेखेका छन् ।


सम्बन्धित समाचार