Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएलगत्तै कार्यवाहक प्रमुख सुनिता डंगोलले आकस्मिक रूपमा कार्यपालिका बैठक बोलाएकी छिन्।
स्रोतका अनुसार बालेनले महानगर प्रमुखका रूपमा अहिलेसम्म पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्ने र उनलाई औपचारिक रूपमा बिदाइ गर्ने प्रस्ताव पारित गर्नका लागि यो बैठक बोलाइएको हो।
शाहले आइतबार नै डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका थिए । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
मेयर बालेनले बुझाएको राजीनामा पत्रमा आफ्नो कार्यकालको छोटो समीक्षा गर्दै आगामी नेतृत्वका लागि शुभकामना व्यक्त गरिएको छ। पत्रमा भनिएको छ,ुयस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु
शाहले राजीनामा पत्रमा आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको स्पष्ट पारेका छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल