Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनलाई ‘जेनजी मुभमेन्ट अलायन्स’को चेतावनी

काठमाडौं । जेनजी आन्दोलनका माष्टर माइन्ड भनिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जेनजी मुभमेन्ट अलायन्सले बिनाविकल्प सुकुमबासी बस्तीमा डोजर नलगाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिएको छ। उक्त अलायन्सले विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाले फेरि सुकुमबासी बस्तीहरूमा डोजर लगाउने तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। नेपाली जनताको यति ठूलो हिस्सा आफ्नै देशमा कसरी भूमिहीन र विस्थापित बनाइए भन्ने ऐतिहासिक शृंखलाबद्ध राज्यको बदमासी, सामाजिक असंवेदनशीलता, विभेद, द्वन्द र बहिष्करणको ख्याल नराखी यस्ता निर्णय गरिनु खेदजनक छ, विज्ञप्तिमा भनिएको छ, मौजुदा ऐन कानुनले बस्ती हटाउने प्रक्रिया र अधिकारबारे स्पष्ट व्यवस्था गरेको भए पनि त्यसलाई पूरा नगरीकन आतंक र भयको वातावरण सिर्जना गरिएको छ। यसले नागरिकको अधिकारलाई कुण्ठित गरेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सहरका अतिक्रमित जमिनमा बनाइएका संरचना हटाउने अभियानलाई प्राथमिकता दिइरहेका बेला जेनजीले उक्त विज्ञप्ति जारी गरेको हो। ‘जेनजी मुभमेन्ट अलायन्स’ले महानगरपालिकालाई सम्बन्धित समुदायसँग सहमति गरेर मात्र बस्तीको उपयुक्त व्यवस्थापन गर्न माग गर्दै काठमाडौँलाई सबैको साझा सहर बनाउन आह्वान गरेको छ। हाम्रो अनुरोध छ– सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौँ महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस्। निहत्था, उत्पीडित जनताहरूमाथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस्। सार्वजनिक सम्पत्ति पहिला जनताको हो र त्यसपछि जनताले निर्माण गरेको राज्यले त्यसको व्यवस्थापन गर्ने हो भन्ने हेक्का राखी जनउत्तदायीत्व वहन गर्न काठमाडौँ महानगरपालिकालगायतका सबै सार्वजनिक सरकारी निकायहरूलाई अनुरोध गर्न चाहन्छौँ, विज्ञप्तिमा भनिएको छ, यसै सन्दर्भमा नक्कली र सक्कली सुकुमबासी भनी विभिन्न बहसहरू हुने गरेको पनि पाइन्छ। यसर्थ काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस्तीहरूको अध्ययन गरेको भए यथार्थ विवरण सार्वजनिक गरी स्पष्ट तथ्यांकसमेत उपलब्ध गराउन आह्वान गर्दछौँ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल