Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हटाउन नमिल्ने जवाफ दिएको छ। साथै हाल बिदामा बसिरहेका गुरागाईँलाई कारबाही गर्ने अधिकारसमेत महानगरपालिकासँग नभएको जिकिर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार बिहान महानगर प्रमुख बालेन्द्र शाह बालेनलाई पत्र पठाउँदै सोधेको छ, तपाईंहरूले बनाएको छानबिन समितिको प्रतिवेदन के भयो ? तपाईंहरूले गठन गरेको छानबिन समितिको निष्कर्ष के आयो ? त्यसो त त्यही बेलुकी महानगरपालिकाले मन्त्रालयमा जवाफी पत्र पठाएको छ। तर, महानगरपालिकाले त्यसबारे केही जवाफ नदिई अन्य कुरा मात्र लेखी पठाएको मन्त्रालय स्रोतको दाबी छ। के कारणले हाम्रो कर्मचारीलाई हटाइयो ? प्रतिवेदनमा त आउनुपर्यो, महानगरले पूर्वसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ। फेरि त्यो समितिको म्याद पनि थपेको छैन र निष्क्रिय भएको छ। फेरि महाशाखाका तीनजनालाई जिम्मा दिएको छ। महानगरपालिकाले चित्तबुझ्दो जवाफ नदिएको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्। महानगरपालिकाले चित्तबुझ्दो जवाफ दिएको छैन, उनले भने। सोही पत्रपछि मेयर बालेनले सोमबार साँझ फेसबुकमा ६ बुँदे जवाफ र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रश्न गरेका हुन्। मन्त्रालयले प्रस्ट कारण नभई आफ्ना कर्मचारी हटाउन नमिल्ले निष्कर्ष निकालेको छ।
२०८१ चैत्र २५
ताजा नेपाल
२०८१ चैत्र २५
ताजा नेपाल
२०८१ चैत्र २५
ताजा नेपाल