Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनले उच्च अदालतमा दायर गरे रिट

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन् ।

प्राधिकरणले स्पष्टीकरण सोधेको सातौँ दिन मेयर बालेन प्राधिकरणविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका हुन् । प्राधिकरणले सोधेको सात दिने स्पष्टीकरणमा सातौँ दिन नै उनी रिट लिएर जवाफको साटो अदालत गएका हुन् ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधानअनुकूल नभएको दाबीसहित स्पष्टीकरण बदर गर्न बालेनको माग छ ।

काठमाडौंको सिनामंगलमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोकिदिएको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो ।

त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन करबाही नगर्ने भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो ।


सम्बन्धित समाचार