Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । साह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए ।
तर साहको सचिवालयले यसलाई सांस्कृतिक नक्सा भनेको छ । “हामीले ग्रेटर नेपालको नक्सा आजैदेखि राखेका हौँ,” सचिवालयका एक सदस्यले भने । भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भूभाग समेटिएको नक्सा राखेपछि त्यसले तरंग सिर्जना गरेको छ ।
पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ ।


सम्बन्धित समाचार