Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा बालेन्द्र पनि परेका हुन् । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण सोधेको थियो । आइतबार र सोमबार बालेन्द्रसहित थप नौजनालाई स्पष्टीकरण सोधिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार झापा ५ मा चुनाव प्रचारका क्रममा बालेन्द्र पत्नी सविना काफ्लेले सादा पोशाकका प्रहरी प्रयोग गरेको जानकारी आएपछि स्पष्टीकरण सोधिएको बताए । निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम उम्मेदवार साहलाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नं. ५ का उम्मेदवार साहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको हो । बालेन्द्रलाई जिताउन भन्दै सविना झापामा खटिएकी थिइन् । उनले त्यहाँ भोट माग्ने क्रममा सादा पोसाकका प्रहरी पनि खटाएको समाचार आएको थियो । सादा पोशाकका प्रहरी उतारेर बालेनलाई भोट माग्दै भन्ने श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । साहको निर्वाचन प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएका थिए । उनीहरू सविनासँगै रास्वपालाई भोट दिन भन्दै हिँडेको भिडियोमा देख्न सकिन्छ । त्यस सम्बन्धमा के कसो भएको हो ? आयोगले स्पष्टीकरण सोध्ने क्रममा भनेको छ। साहलाई तीन दिनभित्र जवाफ आयोगले स्पष्टीकरण सोधेको प्रवक्ता जिसीले बताए। यसअघि १३ माघमा आयोगले बालेन्द्रसहित सामाजिक सञ्जालमा भाइरलहरू चारजनालाई एकसाथ स्पष्टीकरण सोधेको थियो । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको थियो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल