Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज तेस्रो चरणको जिल्ला दौडाहामा निस्कँदैछन्। पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाडौँ फर्किएका बालेन त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्केका थिए। काठमाडौँबाट सोमबार झापा फर्किएका बालेन मङ्गलबार दिनभर आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त भए। बुधबार बिहान भने उनले मोरङको उर्लाबारीबाट फरक जिल्लाको यात्रा तय गर्दैछन्। आज उनले मोरङका विभिन्न पालिकासँगै सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका छन्। बुधबार बिहान मोरङको उर्लाबारीबाट सुरु भई उदयपुरसम्म पुग्ने उनको कार्यतालिका छ। उनको सचिवालयले मोरङ, सुनसरी र दिउँसो उदयपुरको तालिका सार्वजनिक गरेको हो। उर्लाबारीबाट बिहान ७ बजे प्रस्थान गरी पथरी, लेटाङ पुग्ने कार्यक्रम छ। लेटाङबाट ५० मिनेटको यात्रा पछि डायनिया पुग्ने कार्यतालिका रहेको छ। त्यसपछि बालेन विराटनगरको बरगाछी क्षेत्रमा पुग्नेछन्। विराटनगरबाट दुहबी हुँदै इटहरी पुगेर डेढ घण्टा छलफल गर्ने कार्यक्रम छुट्याइएको बालेनको सचिवालयले जनाएको छ। कार्यकर्ता भेटघाट तथा छलफलपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा पुग्ने र त्यहाँबाट साढे १२ बजेपछि बराहक्षेत्रतर्फ लाग्ने तालिका बनाइएको छ। बराहक्षेत्रपछि अन्तिम गन्तव्य उदयपुरका तय गरिएको छ। बुधबार दिउँसो ४ बजेसम्म उनी उदयपुर पुग्नेछन्। यो क्रममा बालेनले आफ्ना कार्यकर्तासँग भेटघाट उम्मेदवारहरूसँग छलफल तथा मतदातासँग अन्तक्रिया गर्नेछन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल