Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई सम्भवत नेपालकै लोकप्रिय राजनेता भएको बताएका छन्। रेले एक भारतीय टीभी च्यानलसँगको अन्तर्वार्तामा मेयर बालेनको विषयमा यस्तो प्रतिक्रिया दिएका हुन्। बालेन युवा पीढीमाझ आशाको केन्द्र बनेको दाबी पनि उनले गरेका छन्। बालेन साह जो काठमाडौँका मेयर छन्, उनी र्यापर हुन्, रेले अन्तर्वार्तामा भनेका छन्, सम्भवतस् आजको मितिसम्म उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा छन्। उनले नेपालका पुराना पुस्ताका नेताले युवा पिढीलाई निराश बनाएको आरोप पनि लगाएका छन्। यस्तो निराशाजनक अवस्थामा बालेन साह जस्ता केहीलाई युवाहरूले आशाको नजरले हेरेको उनको भनाई छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल