Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन भन्छन् काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने छु

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् ।

मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धतासमेत गरे ।

महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन उभने भने आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।

नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने ‘नगरवासीले हामीलाई यहाँ पुर्‍याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल