Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालको सत्ता राजनीतिमा हिजोका अपराधि र भ्रष्टहरू दलमा प्रवेश गरेपछि शुद्धिकरण हुन्छन् भन्ने मान्यता स्थापित गराउन अब रास्वपाका सफल हुँदैछ । लोकतन्त्रको फाइल उठाउँदै काँग्रेस र एमाले मिलेर देशमा ब्रम्हलुट मच्चाउँछ । चम्केको जेनजी आन्दोलनको झिल्को समाउँदै उफ्रेका बालेन शाह देशको प्रधानमन्त्री बन्ने भएका छन् । उनी आफैं अस्थिर छन् जनताको समस्या सुन्ने धैर्यता पनि छैन । राजधानीमा बालेन आतंक चर्र्काएर सडकका व्यवस्थापन उनले गराए । तर गरिबको चमेली कोही छैन बोलिदिने भन्दै आफैंले गाएको गितलाई कुल्चे । बालेनले महानगरभित्र काँग्रेस, एमालेका संगठित लुट नियन्त्रण गरे । स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका बालेनलाई केपीले तबेला उपहार दिए । तर केपीको दम्ब र घमण्डसँग उनी झुकेनन् । अन्ततः ओलीलाई चुनाव हराउने बलियो खम्बा उनी बने । उनलाई समर्थन गर्नेहरूबाटै असुरक्षााको महशुस गरेर मतगणना स्थलको बाहिरी पाटो देखाइयो । तर कार्यालयभित्र जान दिइएन । बालेनको क्रेजले प्राप्त परिणाम रास्वपाले कसरी थेक्छ विचारणीय छ । तर यहाँ बालेन प्रवृत्ति र रवि प्रवृत्तिका बीचमा ५ वर्षसम्म टिक्ने गरी डोलप्रसाद अर्याल, स्वर्णीम वाग्ले, कविन्द्र बुर्लाकोटी जस्ताले कति ख्याल गर्छन् त्यो हेर्नु छ । रास्वपाले आफ्नो सरकारले गर्ने कामको शुत्रवत एजेन्डा प्रतिबद्धतापत्र मार्फत् ल्याएको छ । जनतालाई रैथाने भ्रष्टाचारी काँग्रेस र एमाले थकिँदा खुशी लाग्ला । तर रास्वपामा प्रवेश गरेर चुनाव लडेर जितेका प्रहरी डिएसपी हुँदा क्रूर चरित्रका विक्रमसिंह थापा होस् वा प्रहरी निरीक्षक हुँदा प्रभागको प्रमुख बन्दा १ जार पानी पनि कार्यालयबाट घर ओसार्ने गोविन्द पन्थी जस्ताले खोजेको शुशासन कस्तो होला ? पत्रकारिता र साहित्यका आदर्श मानव कृष्णसेनलाई महेन्द्र पुलिस क्लबमा बुटले गुप्ताङ्गमा हानेर हत्या गर्ने विक्रमसिंह थापा कपिलवस्तुको सांसद भएका छन् । माओवादीका पत्रकार सेनको तस्वीर भजाएर खेती गर्छन् । तर आफ्ना नेताको हत्याबारे पार्टी सत्तामा हुँदा समेत छानविन गर्नु पर्ने आवाज उठाएर नेतृत्वलाई दबाव दिँदैनन् । आज माओवादी शक्ति छिन्नभिन्न भएको छ । लोकतान्त्रिक गणतन्त्रका लागि हतियार उठाएको पार्टीको लगाव रास्वपाले खोसेको छ । त्यहाँ काँग्रेससँग रिसाएर दलित अधिकारको एजेन्डा लिएर सिंहदरबारका शासकलाई तह लगाउन माइतिघर मण्डलामा उभिएर आफैंले फलामे जञ्जीर भिरेका खगेन्द्र सुनुवार, राजनीतिको कुनै भेउ नपाए पनि जेनजी आन्दोलन हाइज्याक गरेर सेना र राष्ट्रपतिसामु उपस्थित हुँदा संसद भंग गर्ने र अन्तरिम सरकार गठनको एजेन्डा प्रस्तुत गर्ने सुधन गुरुङ पनि छन् । नेपाल प्रहरीका आईजीपी बन्ने योग्यता, क्षमता, जेष्ठता भएर पनि डा. आरजु राणालाई रु ९ करोड बुझाउन नसकेपछि एआईजी पदबाट राजीनामा दिएका विश्व पोखरेलले पनि चुनाव जितेका छन् । विक्रमसिंह जस्ता क्रूर चरित्रप्रति नेकपाका नेता, कार्यकर्ताले प्रतिशोध गर्न सकेको भए चुनावमै थन्केका हुन्थे । माओवादी भनेका देख्नका डाल, लुट्नका काल भए । प्रचण्डले सत्ता र कुर्सीलाई महत्व दिए । हिजो जसरी एमाले र काँग्रेसलाई खेलाए भन्ने ठाने त्यसले उनकै मानप्रतिष्ठामा प्रहार ग¥यो । यो चुनावमा नेकपालाई पनि जनताले एमाले र काँग्रेस जस्तै धुस्कुन सम्झिए । व्यवहार पनि नेताको त्यस्तै थियो । पुरानो लुट नियन्त्रण र जनतालाई भरपर्दो सेवा उपलब्ध गराउने आशामा रास्वपाले दुई तिहाई मत पाएको छ, तर शंका रवि र बालेनको स्वाभावमा छ ।
अहंकारमाथि वर्षियो डण्डा
लाजै पचाएर अरुको खेदो खन्ने भ्रष्टाचारीको रक्षा कवज बनेर दिन दुःखीको गास हरण गरेर कम्युनिष्टको बदनाम गर्ने नेकपा एमाले र त्यसले परमेश्वर ठानेको केपीवादलई चुनाव प्रचारमा झापाका जनताले ठाउँको ठाँउ दिएको ओठे जवाफ मतदानका बेला पनि दिएछन् । ओली शासक हुँदा भ्रष्टाचार हटेन, मानवीय अपराध घटेन, देशको राजश्व बढेन, कानुन अन्धो बन्यो । अदालत, अख्तियार, राष्ट्रिय मानवअधिकार आयोग, महलिा आयोग निष्पक्ष थिएन । भ्रष्टाचारको ग्राफ बढ्यो । न्यायको तराजु निष्पक्ष थिएन । मुखले समेत अरुलाई पिर्ने पिचासरुपी चरित्रले संघीयता, गणतन्त्र, समावेशीतामाथि प्रहार गर्न छाडेन । सिंहदरबारको अधिकार प्रदेशले माग्दा पाएन । एमालेको केपी ब्राण्ड आज कुहिएको शिनु भएको छ । कम्युनिष्ट पार्टीको बर्चश्वमाथि नरसंहाररुपी चरित्र प्रदर्शन गर्दा कतै ग्लानी भएन । पार्टी सत्तामा जाँदा आफैंले जनताका बीचमा गरेका बाचा कबोलतर्फ ध्यान नदिएकै फल आज फलेको हो । जबज भ्रष्टको संरक्षक भयो । भ्रष्टाचारीमाथि कारबाही गर्ने योजना बन्दा नबन्दै भ्रष्टाचारको फाइल बन्द गर्न त्यो असार १५ को मिलाप सदाका लागि कालो रुपको मुहार लिएर जनताकाबीचमा नाचेकै छ । यो देश केपी ओलीको बिर्ता थिएन तर पनि डामेका साँढेहरू केपी ओलीलाई परमेश्वर मान्दै जनताकाबीचमा अनुहारको दाग पुछपाछ गर्दै हामी निष्ठावान भन्न पुगेकै हुन् । जसले पार्टीमा बहस चलाएन । मुलुकको हितमा कुनै योजना ल्याएन । राष्ट्रिय ढुकुटी सक्ने बाहेक त्यो मण्डलीले एउटा पनि जनपक्षीय काम गरेन । सांसदको उम्मेदवार बन्न पार्टीको क्रियाशील सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीको सदस्य, नगर समितिको कार्यकर्ता जरुरी भएन । ओलीलाई मन लाग्यो भने जो सुकैले अवसर पाउने उसले निष्ठा, त्याग, समर्पणको योग्यता भन्दा अोलीको सेवामा पुगे हुने यस्तो विचित्रको नेकपा एमालेका बाचापत्र आज कस्ता होलान् ? जहा ओली र उनको मण्डलीलाई बाहेक अरुलाई पचेन । जनताले नेताका कुरा सुन्न नचाहुनको कारण गणतन्त्रका विगतका दिन नेताकै मात्र बनाइएको कारण हो । संघर्षमा जनता मर्छन् स्वार्थ नेताको पूरा हुन्छ । देश बनाउने जनताको जिविका चलाउने, रोजगारी बढाउने नीति ल्याउनु अपराध थिएन । जो भ्रष्ट र बदनाम छ उसैलाई च्याप्ने अख्तियार र अदालतलाई नियन्त्रणमा लिएर जनतामाथि दोहन गरेको प्रतिफल स्वरुप ओली ब्राण्ड दण्डित भएको हो । ओली ब्राण्ड अब डेट एक्सपायर भएको औषधि हो । जसको कुनै औचित्य छैन । नेपाल कम्युनिष्ट पार्टीको मुल शत्रुका रुपमा जब ओली पैदा भए तिनैले पार्टी पनि सके संगठन पनि सकाए । अझै पनि ओलीबाट नेपाली जनताको बहुदलीय जनवादको संरक्षण हुन्छ भन्ने सोच्नु जस्तो मुख्र्याइ अरु हुँदैन । प्रचण्डलाई सत्ताबाट खेदेर भ्रष्टाचारका फाइल दबाएर ओलीले खोजेको समृद्धि र विकासमा दिपक भट्ट जस्ता देशको १५ अर्ब राजश्व झ्याप पार्ने माफिया, एयरपोर्टको निर्माणमा १३ अर्ब झ्याप पार्ने भ्रष्ट प्रदीप अधिकारीको पौरख बचाउने बाहेक के ग¥यो ? लाज पनि लजाउने गरी कोरोना कालमा मानवीय सेवामा समेत कमाई खोज्ने समृद्धि के का लागि ? अब पनि एमालेले जनता ढाँट्न सकिन्छ भन्ने सोच्छ भने त्यो जस्तो अपराध अरु हुँदन । बिजुली बालेर आफू नाफा कमाउने, देशको राजश्व नतिर्ने कालो बजारका यी मुखियाहरूमाथि कानुनी दण्ड दिने ठाउँ खोजिन्छ कि एक पटकको साहु सधैंको महाजन भनेर फेरि पुरानै गाडीमा इन्धन थप्ने हो ? ओली शासक हुँदा जस्तो लापरबाही अरुले स्मरण गर्न पनि सक्दैन । उनका दलाल रुपी महासचिव, उपमहासचिव, सचिव र उपाध्यक्षहरूको ओठ, मुख सुकेको छ । चुनावी परिणाम एमालेकै पक्षमा आए पनि ओलीलाई नेता मानेर काँग्रेस सत्ता गठबन्धन गर्दैथ्यो । अब काम टुंगियो, ओली थन्किए । ओलीको पाडे पजनीमा परेको नेकपाको साथ ओलीलाई हुँदैन । रास्वपाको उर्लदो खहरे भएको छ । रास्वपाको लहर संगठन भएर आएको होइन । समयको जबर्जस्तीले पैदा गरेको त्यो शक्ति जेनजी पुस्ताको रगतको प्रतिफल हो । विचार त त्यसले पनि गर्नैपर्छ । त्यहाँ पनि किशोरी शाह जस्ता धनुषा १ मा चुनाव जित्न तम्सेका भष्मासुरहरू थिए । रास्वपा दूधले नुहाएको सप्तर्षि होइन । रवि लामिछाने आफैं नौथरि पौरखका पहरेदार हुन् । देशमा ६४ प्रतिशत जनमत वामपन्थीको हुँदा त्यसको संरक्षण गर्ने ठूलो दलको नाताले नेकपा एमाले र त्यसको नेतृत्वले जिम्मा लिनु पथ्र्यो । तर ओलीलाई आफू श्री ३ बन्न अरु वाम खेदेर नेपाली काँगे्रसको भ्रष्टाचारमा स्थापित समूहसँग सत्ता सहकार्य गर्नु नै मुलुकमा बेथिति, विसंगति, भष्टाचार मौलाउने ठाउँ बन्यो । सत्ताबाट संरक्षित प्रदीप अधिकारी जस्तो लुटाहाले अख्तियार प्रमुखको हत्या गर्न सार्प सुटरलाई विदेशबाट परिचालन गर्दा १५ करोड कबोल गरी २ करोड सुपारी दिएको चर्चा छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल