Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन र सुधनविरुद्धको जाहेरी अघि बढ्ला ?

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् । प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने÷नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले बताए । उनले भने, हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ । उनले आफूहरू कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताए । उनले सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले लिने निर्णयपछि नै आफूहरूले पनि थप निर्णय लिने बताए । अखिलले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन् । यसअघि गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले बुझेको छ । प्रहरीले उक्त जाहेरी जेन जी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल