Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ। संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार शाह र गुरूङले जेन–जी आन्दोलनको नाममा हिंसा र तोडफोडलाई प्रोत्साहन गरेको भन्दै उनीहरूविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन माग गरिएको हो। शाह र गुरूङको नेतृत्वमा रहेका समूहहरूले पार्टी र सरकारी भौतिक संरचनाहरू नष्ट गर्ने उद्देश्यले आन्दोलनको दुरुपयोग गरेको जाहेरीमा उल्लेख छ। यस्तै, आन्दोलनको नाममा चितवनमा एमालेका करिब दुई दर्जन नेताहरूका घर तथा कार्यालयमा तोडफोड र आगजनी गरिएको, जिल्लाका विभिन्न पार्टी कार्यालय, तीन नगर र एक वडाका संरचनामा समेत क्षति पुर्‍याइएको उल्लेख छ। यसअघि अनेरास्ववियु चितवनले पनि यही विषयमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गरेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले जाहेरीबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल