Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सम्पन्न हुने दिन जति नजिकिँदै छ त्यही रुपमा अध्यक्ष पदका दाबेदार ईश्वर पोखरेल टिम कमजोर बन्दैछ । प्रदेश तहको पार्टी कमिटीको निर्वाचन र जिल्ला नेतृत्वको निर्वाचनमा केपीले भने जस्तो सर्वसम्मत ढंगले कार्यसमिति बनेन । आफ्नो लागि सर्वसम्मत खोजने अरुका हकमा निर्वाचन रोज्ने आलीको एजेन्डा यस पटक ईश्वर पोखरेलबाट भत्काइन्छ कि जोगाइन्छ समय आउँदैछ ।
ओलीले ७७ जिल्ला कमिटीबाट छनोट गर्ने महाधिवेशन प्रतिनिधि एकलौटी बनाउन महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेब बस्नेतमार्फत् निर्देशन दिँदा प्रतिवाद कतै छैन । ओली पक्षधर बनेर नेता बन्न रामकुमारी झाँक्री र किसान श्रेष्ठले एकीकृत समाजवादी त्यागेका हुन् । यस पटक प्रतिस्पर्धी थोरै चर्चा धेरै हुँदैछ ।
यो चर्चा अरुका लागि उमेरहद र सक्रियतामा हदबन्दी लगाएर पार्टीबाट भगाउने काम भयो । तर ओलीका लागि उमेरहद हट्यो, क्रियाशील हुने समय पनि घटेको छ । ओलीले ११औं महाविधेशनमा आफ्नै लागि बाटो खोल्द वरिष्ठ उपाध्यक्ष र सचिवहरूको संख्या कटौती गरिएको छ । भाद्र २३ को जेनजी विद्रोहबाट सत्ताच्यूत हुन परेको रिस सुरक्षा फौजसँग पोखेर त्यसकै सहाराले सेनाको ब्यारेक पुगेर जीवन बचाएका ओलीसँग भएको टिम आफैंमा लोकप्रिय छैन । एमाले ११औं महाधिवशेनमा सहभागी हुने २४३५ जनासम्मको प्रतिनिधि समूहले प्रतिस्पर्धा स्वीकार्छ भन्ने छैन । तर नेकपा एमालेमा पार्टीकै अध्यक्ष भएर आफैंले नेतृत्व गरेको सरकार आन्दोलनबाट विस्थापित हुँदा आन्दोलनकारीमाथिको दमन र हिंसात्मक घटनाले उब्जाएको समस्यामा दुःख प्रकट नगर्ने अहमताले ओली असुरक्षित बन्दैछन् । बालकोट दरबार जल्यो, आफ्नै कारणले भन्ने भेउ समेत नपाउने यो एमालेको अब धरातल कति रहन्छ ?
ओलीसँग विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पाखेरेल, महेश बस्नेत छन् । प्रदेशलाई कानुन भन्दा स्वार्थमा खेलाउन खोज्दा मधेश प्रदेशमा एमाले सरकारबाट मात्र बाहिर पुगेन, प्रदेश प्रमुख पद समेत खेदाउन बाध्य भयो । प्रमुख जागिर सभामुखको पद जानुमा उनै ओली जिम्मेवार थिए । विकृतिका कुरा अरुको मान्नै पर्ने ओली हकमा त्यो स्वीकृति नहुने भाष्य त्यहाँ छ ।
आफूसँग प्रतिस्पर्धी बन्ने ईश्वर पोखरेलकै हकमा अध्यक्ष ओलीबाट हुने असहयोगले एमाले लोकतन्त्र र गणतन्त्रको शत्रु किन बन्छ । जबकि स्वच्छ प्रतिस्पर्धाले पार्टी बलियो बन्छ । जहाँ ओलि त्यहाँ भाँडभैलो भएकै छ । तर जनताको शासक बनेर जनतामाथि नै दमन गर्नेहरूलाई राजनीतिले सधैं थेग्दैन । ओलीको माहोल कतै पनि छैन । जनता र कार्यकर्ताको बीचमा लोकप्रिय बन्नका लागि आफूभित्र बसेर मैदानमा आउने शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीले पार्टीमा पाउने पद भनेको दोस्रो दर्जा बनेको छ ।
विपक्षी त पाच्य नभएका बेला पार्टीभित्र पार्टीकै टिम पाच्य बन्नु प¥यो । तर ओली त्यस्तो टीमप्रति ढुक्क नहुन सक्छन् । आफू सत्तामा छँदा भए गरेका गल्ती कमजोरी नै चुनावी एजेन्डा बन्न पुगेको अवस्था त्यहाँ छन् । चुनाव भन्दा संसद पुर्नस्थापनाको लागि अदालन जाने र दल दर्ता गर्ने काम एकै दिन गरेर पार्टीभित्रको एकतालाई भाँड्ने काम महाधिवेशनको नाउमा हुने त होइन । काँग्रेसले ओलीको प्रस्ताव स्वीकारेको छैन । चुनावमा आफ्नो टिम बलियो बनाउने दाउ सबैको हुन्छ तर एमालेको अध्यक्षको दम्ब र अहंकार नै आज दन्कदैछ ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल