Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिग्रदै गयो डा.केसीको अवस्था

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै लगातार आन्दोलनमा रहेका सत्याग्रही गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । जुम्लामा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका छन् । डा. केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानन्तर गर्नु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताए । डा. केसी अनशन बसेको छैटौं दिनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने प्रतिष्ठानको चिकित्सकको टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श दिएका छन् । तर केसीले भने अस्पताल जान र नशाबाट सलाइन लिन मानेका छैनन् ।

डा.केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबढी हुने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ । पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिकरुपमा घट्दै गएको चिकित्सकहरुले जनाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा।केसीले जुम्लामा सत्याग्रह थालेका हुन् । डा. केसीको अनशनस्थलमा गएर एक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ ।