Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आगामी बजेटमा ठूला बैंक मर्जरलाई प्रोत्साहन गर्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेपछि राष्ट्र बैंकले त्यस बारेमा अध्ययन थालेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा जुटेको राष्ट्र बैंकले ठूला मर्जर बारे आवश्यक अध्ययन गर्न अनुसन्धान विभागलाई जिम्मेवारी दिइसकेको छ । मौद्रिक नीतिको तयारी अनुसन्धान विभागले गर्छ । सरकारले यसपाली बजेटमा घोषणा नगरेको भए पनि राष्ट्र बैंक मौद्रिक नीतिमा मर्जर नीति ल्याउने पक्षमा थियो । राष्ट्रिय सभा सदस्यको दुई बर्षे अवधि सकिने भएका कारण अर्थमन्त्री खतिवडाको यो अन्तिम बजेट हो । गभर्नर डा. चिरञ्जिबी नेपाल पनि आगामी चैतमा अवकाश हुने भएकाले यसपालीको मौद्रिक नीति उनको अन्तिम हो । खतिवडाले प्रोत्साहन गर्ने नीतिसँगै मर्जरमा कर छुट तथा सुविधाको प्रयोजनका लागि आयकर ऐन‚ २०५८ मा तोकिएको अवधि एक वर्षका लागि थप गरिदिएका छन् । बाँकी प्याकेज भने राष्ट्र बैंकले ल्याउने छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले पनि मर्जरका लागि आवश्यक निर्णय लिइने बताएका छन्। मोडालिटी सार्बजनिक नहुँदै पनि अहिले राष्ट्र बैंकले मर्जरका लागि बैंक तथा वित्तीय संस्थालाई दबाब दिइरहेको छ । पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरु मर्जरका लागि समझदारी गरेर बसेका छन् । केही बैंकहरुले मर्जर गर्न पार्टनर खोजि पनि रहेका छन् । राष्ट्र बैंकका केही अधिकारीहरुका अनुसार मौद्रिक नीति सार्वजनिक गर्नुअघि केन्द्रीय बैंकले एक चरण बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रबद्र्धकहरुसँग छलफल गर्ने छ । राष्ट्र बैंकका गभर्नर बाणिज्य बैंकहरुको संख्या १२÷१३ वटामा झार्न चाहन्छन्। यद्यपी मौद्रिक नीतिमा भने संख्या नतोकिने स्रोतहरुको दावी छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २१
ताजा नेपाल