Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिरामी बोकेको एम्बुलेन्सलाई बगायो बाढीले

कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीका ८३ वर्षीया गोमा अधिकारी बिहीबार सिकिस्त बिरामी परिन्।
उनका घरका अन्य सदस्य कोरोना संक्रमित भएकाले उनलाई पनि कोरोनाको आशंका गरियो। बिरामी अधिकारीलाई उपचार गर्न एम्बुलेन्समा राखेर पोखरा ल्याइँदै थियो।
बिहानैदेखि पानी परिरहेको थियो, बाटोमा खहरे खोला उर्लिएपछि एम्बुलेन्स रोकियो। हेर्दाहेदै खहरेमा लेदोसहित आएको बाढीले एम्बुलेन्स बगाइदियो।
मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरूङ ‘श्याम’का अनुुसार एम्बुलेन्स चालक सुवास अधिकारी र बिरामीका आफन्त भागेर ज्यान जोगाए। बिरामीलाई एम्बुलेन्सबाट निकाल्दानिकाल्दै मृत्यु भएको अध्यक्ष गुरूङले बताए।
उक्त स्थान निर्माणधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ। लोकमार्ग बनाउँदा बाटो हिलो र चिप्लो भएकाले पनि एम्बुलेन्स बगाएकोे अध्यक्ष गुरूङले बताए


सम्बन्धित समाचार