Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलस्थित तिनाउ पुलनजिकै बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी विजयराज पण्डितका अनुसार शुक्रबार राति साढे १२ बजेतिर लु ३ च २४८० नम्बरको बोलेरो जिप तिनाउ पुल नजिकै दुर्घटना भएको हो। दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिपका चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए। जिपका चालक पनि बुटवल १२, नयाँ गाउँमै बस्थे। उपचारका लागि बिरामी लिएर आउँदै गरेको बोलेरो जिप तिनाउ पुल पार गर्नेबित्तिकै पल्टिएको रहेछ’, उनले भने, ‘दुर्घटनालगत्तै अस्पताल पुर्‍याइए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरे। प्रहरीका अनुसार दम रोगी गौरी खनाललाई उपचारका लागि घरबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप दुर्घटनामा परेको हो।


सम्बन्धित समाचार

तोलामा १२०० घट्यो सुनको भाउ

२०८१ मंसिर २८

ताजा नेपाल

जीबी राईको राहदानी बल्ल रोक्का

२०८१ मंसिर २८

ताजा नेपाल