Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
म मात्रै कति पेलिने हो । हिजो बीपि, गिरिजासँग संघर्ष गर्ने पनि हामी, आज शेरबहादुरसँग भिड्ने पनि हामी, अरुका लागि मैले त्याग गर्नुपर्ने तर मेरा लागि रामचन्द्र र शेखरले त्याग गर्न नहुने, काठमाण्डौ उपत्यकाभित्र समेत कार्यकर्ताबीच अपच भएका लौह पुरुषपुत्र प्रकाशमानको हुँकार अब नेपाली कांगे्रसमा गणेश लामा, नैनसिंह महरको जे छ र हुन्छ उनको हैसियत पनि त्यही हो । प्रकासमान, डा. शेखर काइराला भन्दा बरिष्ठ होलान् । तर उनी पाटीको निर्बाचित महामन्त्रि हुँदा समेत पार्टी कार्यकर्ता भेटघाटमा देशब्यापी गएनन् । निर्बाचित महामन्त्रि यिनी थिए तर काम चलेन ंत्यही कारण शुशिल कोइरालाले कृष्ण सिटौलाबाट काम चलाए । तेह्रौं महाधिबेशनमा सिटौलाले तेस्रो धारको जन्म गराएकै कारणनै महाधिबेशनको आकषर्ण गगन थापालाई महामन्त्रिको उम्मेद्धवार बनाउनु र आफै शेरबहादुरसँग मिल्नु रहेछ । यस पटक सिटौलाको मिलाप शुरुदेखिनै सभापति शेरबहादुरसँग भएकै हो । सिटौलाले घेरेका बिश्वप्रकाश सिटौलाकै कारण प्रकाशमानसँग जोडिए । प्रकाशमानको इज्जत धान्ने उनी नै भए । प्रकाशमानको राजनीतिक उचाइ कति छ त्यसको भेद उनि आफैंले खोलेका छन् । राजधानीमा मात्र उनको नेपाली काँग्रेस थियो भने आफ्नो पक्षमा मत झार्न यिनले सकेनन् । यीनलाई डा. शशांकले काठमाण्डौभित्रको भोटले सभापति पद जितिँदैन भन्दा निकै छट्पटाए जबकी त्यो बास्तबिकता थियो । उनले ल्याएको मतसँग तीनले गर्ने त्याग पनि देखियो । ३५० मत ल्याउने सिंह र ३०० नकटाउने बिमनेन्द्रले ‘बाजेले घ्यु खाए मेरो हात सुङ्ग’ भन्ने उखान पुरा गरेका मात्र हुन् । आखिर कांगे्रसमा शेरबहादुर बलिया थिए, उनको पहिचान गिरिजा, शुशिलको पालादेखिनै जाग्यो तर प्रकाश र बिमलेन्द्रहरू कोइराला परिवारसँग भिड्नै परेन । त्यो बेला यीनीहरू शेरबहादुर देवाकै गुटमा थिए । उपसभापति पद निधिले पाएकै हुन्, सिंहले निर्बाचित महामन्त्रि पदमा एक कार्यकाल बिताउँदा संगठन कतै बनाएका रहेनछन् भन्ने देखियो । यस पटक उनीसँग काठमाण्डौका प्रतिमा गौतम, लोकेश ढकाल मात्र होइनने हरिबोल भट्टराई, तिर्थराम डंगोल, दामोदर गौतम साथमा रहेनन् । शेरबहादुरले कृष्ण सिटौलाबाट पिडित विश्वप्रकाश शर्मालाई प्रकाशमान वा डा. शेखरको कोटामा महामन्त्रि पदमा उठ्न बाध्य नपारेको भए प्रकाशमानको कांगे्रसमा इज्जत रहने थिएन । काठमाण्डौमा कांगे्रसका टीमबाट कन्द्रीय सदस्य बन्ने÷बनाउने पात्र भएनन् । कृष्ण अमात्य समेत कतै चर्चमा आइनन् । स्व. नबिन्द्रराज जोशीले बनाएको संगठन समेत सिंहसँग भएन । राजनीति कांगे्रसको गर्ने व्यबहार एमालेका ओलीझै गरेपछि सिंहको पछाडि लागेका रामकृष्ण चित्रकारलाई समेत उदयशमशेर जबराहरूले किनारा लगाए । मदन अमात्य, जितजङ्ग बस्नेतहरूले किन प्रकाशमान छाडे ? आफू कुन धरातलमा छु त्यो प्रकाशले अवश्य बुझ्नुपर्छ उनकै निकट रहेकी काठमाण्डौ महानगरपालकाकी उपमेयर हरिप्रभा खड्की समेत १५औं महाधिबेसनमा प्रकाहमान सिंहसँग रहन्छिन् कि रहन्नन् उनैको गतिबिधिले देखाउँछ । संसदको निर्बाचनमा समेत सिंहलाई अफ्ठ्यारो पर्छ किनकी उनको त्याग गफ गर्ने मसला मात्र बन्दै गएको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल