Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहान काम सकेर बेलुकी सागको उद्घाटन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म निर्माण भइसक्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव रमेश कुमार सिलवालले दशरथ रंगशालाको काम बिहीबार राति र सातदोबाटोस्थित हिटिङ सिसस्टमको पौडी पोखरीमा शुक्रबार बिहान पानी राखिने बताएका छन् । दशरथ रंगशालाको भीआईपी प्याराफिट र सरसफाइको काम बाँकी रहेको छ । तर, सदस्य सचिव सिलवालले बिहीबार रातिको १२ बजेसम्म भीआईपी प्यारापिटमा कुर्सी राख्नेदेखि सबै काम सकिने बताएका छन् ।
साथै सिलवालले रंगशालाको सरसफाइको काम शुक्रबारसम्म गरिसक्ने समेत बताए । यता पौडी पोखरी मा भने शुक्रबार पानी हाल्ने तयारी गरे पनि पौडी पोखरीको टाइल सेट नभएकाले शुक्रबार मात्रै पानी हालिने सिलवालले बताए । राखेपले शुक्रबार बेलुका ५ बजे सागको उद्घाटनको रिहर्सल गर्ने बताएको छ ।


सम्बन्धित समाचार