Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहान खाली पेटमा १ गिलास तातो पानी

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि । पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ । पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ । पानीविना जिवनको कल्पना गर्न पनि सकिँदैन । पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुका फाइदा यी हुन्ः

  • दुषित पानी पिउनाले पेट सम्बन्धी विभिन्न रोग लाग्दछ । तर यदि पानीलाई उमालेर त्यसलाई सेलाउँदैै मनतातो बनाएर पिउनाले झाडापखाला, आउँ जस्ता अनेक रोगबाट बँचिन्छ ।
  • यदि तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।
  • दिनहुँ बिहान मनतातो पानी पिउनाले सरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।
  • बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाइन्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।
  • रुघाखोकी लागेको बेला पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । तर धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्दछ ।
  • यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस् । चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र सरीरको वजन कम गर्न पनि सहयोग गर्दछ ।
  • बिहान खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउनाले सरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र सरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।
  • यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी बसाल्नुस् । यसले तपाइँको दिनमा ताजगी भर्दछ । मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ ।

सम्बन्धित समाचार