Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। भारत मौसम विज्ञान विभागको विश्लेषणअनुसार लुम्बिनी प्रदेशदेखि पूर्वका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार बङ्गालको खाडीमा विकसित हुँदै गरेको मौसमी प्रणाली थप सक्रिय भई भारतको ओडिसा र बिहार हुँदै नेपाल प्रवेश गर्न सक्ने देखिएको छ। उक्त प्रणालीको प्रभावले पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना छ।
सम्भावित वर्षाले धान काट्ने तयारीमा रहेका किसानको काम प्रभावित हुन सक्ने देखिएको छ। बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएका किसानले मौसमको अवस्थालाई ध्यान दिनुपर्ने मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका छन्।
त्यस्तै, दसैँपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई पनि शुक्रबार र शनिबार यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न उनले सुझाव दिएका छन्। वर्षा र हिमपातका कारण सडक तथा यात्रा प्रभावित हुन सक्ने भएकाले यात्राको योजना बनाउँदा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटक तथा पदयात्रीलाई पनि सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमको अवस्था प्रतिकूल हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमसम्बन्धी सूचना लिन र आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।
२०८३ कार्तिक ९
ताजा नेपाल
२०८३ कार्तिक ६
ताजा नेपाल
२०८३ कार्तिक ६
ताजा नेपाल