Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहे उत्सव मनाउँदै दीपिका र रणवीर

बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन् । गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । आफ्नो बिबाहको पहिलो विहे उत्सव मनाउनको लागि रणवीर र दीपिका परिवारसहित मन्दिरमा पुगेका छन् । तिरुमाला मन्दिरमा पुगेर उनीहरुले दर्शन गरेका हुन् । बिबाहको मण्डपमा लगाउने जस्तो पहिरनमा रणवीर र दीपिका प्रस्तुत भएका थिए । दीपिकाको सिउँदोमा रणवीरको नामको सिन्दुर सजिएको थियो । रणवीर र दीपिकाले अभिनय गरेको नयाँ चलचित्र ८३ प्रदर्शनका लागि तयार छ । बलिउडमा निकै कम जोडीपछि बिहेपछि उदाहरणिय बनेका छन् । रणवीर र दीपिकाको सम्बन्ध भने धेरैका लागि उदाहरण बनिरहेको छ । चलचित्र रामलिलामा काम गर्दा यो जोडी नजिक भएको थियो ।


सम्बन्धित समाचार