Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहे गर्दै हास्य कलाकार मनोज गजुरेलले

काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने योजनाबारे खुलासा गरेका छन् । मीना ढकालसँग सम्बन्धबिच्छेदपछि गजुरेलले दोस्रो बिहे गर्न लागेको बताएका छन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै सबै कुरा बताउन सक्छु ।’
महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ । दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए । सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए ।
२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।


सम्बन्धित समाचार