Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीपीका पूर्व उपकुलपतिसहित डा रामहरिले पाए सफाइ

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियार र डा रामहरि रौनियारले सफाइ पाएका छन्। विशेष अदालतले उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गर्दै दिएको निवेदनमा प्रमाण नपुगेको भन्दै गत हप्ता सफाइ दिएको हो।
अख्तियारले उनीहरु दुवैलाई १ करोड २८ लाख घुस–रिसवत लिएको आरोप लगाउँदै विशेषमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको फैसाल गर्दै विशेष अदालतले डा द्वयले भ्रष्टाचार गरेको भन्ने पुष्टि नभएको भन्दै सफाइ दिएको हो।
प्रतिष्ठानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस लिएको आरोप उनीमाथि लागेको थियो । ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उनले घुस लिएको अख्तियारको आरोप थियो। उपकुलपति पदमा कार्यरत रहेकै अवस्थामा विशेष अदालतमा मुद्दा परेपछि निलम्बनमा परेका डा. राजकुमार रौनियाको फैसला हुँदा पदावधि सकिइसकेको छ । प्रतिष्ठानमै कार्यरत डा. रामहरि रौनियाले एपेक्स अस्पताल इटहरिमा समेत इमर्जेन्सी विभागमा समेत कार्य गरेको अनुभव छ । शिक्षण अस्पताल महाराजगञ्जबाट इन्टर मेडिकल कलेज प्रतिस्पर्धामा दुई गोल्ड मेडल प्राप्त डा. रामहरिले आर्मी कलेजमा एमबीबीएस अध्ययन गर्ने सिलसिलामा अतिरिक्त क्रियाकलापमा समेत सहभागिता जनाएका थिए । दर्जनौं स्वास्थ्य शिविरमा सहभागि भई विरामीको उपचार गरेका डा. रामहरि आफ्नो विधामा दक्ष मानिन्छन् । डा. रामहरिले विशेष अदालतबाट सफाई पाएपछि आफूले न्याय पाएको बताएका छन् । स्वास्थ्य क्षेत्रमा केही गर्ने अभिलासा लिएर प्रवेश गरेकोमा अख्तियारको कदमले आफूलाई केही निराश बनाए पनि सम्मानित अदालतले न्याय दिएको बताएका छन् ।