Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीपीको जन्मथलोमा कोइराला परिवारलाई कसम खुवाइँदै

काठमाडौं । पार्टीको चौधौ महाधिवेशन पूर्व तयारी अवस्थामा रहेको बेला नेपाली काँग्रेसभित्र संस्थापन पक्षविरुद्ध कोइराला परिवारलाई काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मघर सिन्धुलीको दुम्जामा लगी कसम खुवाइने भएको छ ।

काँग्रेसभित्र आगामी महाधिवेशनका निम्ति संस्थापन पक्षले मनपरी गर्न थालेको आरोप लगाउँदै संस्थापनविरुद्ध एकजुट भएका कोइराला परिवार र पौडेल पक्षकोबीचमा समेत तालमेल नमिलेपछि कोइराला परिवारले संस्थापक नेता बीपीको जन्मघरमा उपस्थित भई तीन कोइराला र बाहिर रहेका कोइराला परिवार सबैको संयुक्त अभियान सञ्चालन गर्ने गरी नेकाँ सिन्धुलीले यो कार्यक्रमको आयोजना गरेको हो ।

माघ १५ गते दुम्जामा काँग्रेस कोइराला परिवारको पक्षमा रहेका र प्रजातन्त्र र समाजवादलाई आत्मसात गर्ने सहयोगी र शुभेच्छुकहरुसमेतको सहभागितामा दुम्जाको माटो समाएर काँग्रेसभित्र देखा परेको सामन्तवाद विरुद्ध लड्ने कसम खुवाइने सो कार्यक्रमको तयारी गरिरहेका नेपाली काँग्रेसका क्रियाशील सदस्य विष्णु न्यौपानेले बताएका छन् । उनका अनुसार, यो अभियानको तयारीका निम्ति सुजाता कोइराला, डा. शशांक कोइराला, डा. शेखर कोइरालाले सहमति दिएको बताइएको छ ।

नेपाली काँग्रेसमा कोइराला परिवार नै प्रजातन्त्रका निम्ति राणाशासनदेखि संघर्ष गरिरहेको शक्तिको रुपमा स्थापित भए पनि पछिल्लो चरणमा व्यक्ति स्वार्थका निम्ति विभाजित भएको परिवारलाई एक ठाउँमा ल्याउन कार्यकर्ताहरुकै तहबाट दबाव बढिरहेको छ । यो कार्यक्रमपछि फेरि सभापतिको अपेक्षा गरेका रामचन्द्र पौडेलको आकांक्षा पनि तुषारापात हुनेछ भने कृष्णप्रसाद सिटौलाको तेस्रो लाइन कोइराला परिवारकै अघिपछि लागेर हिँड्न बाध्य नहोला भन्न सकिन्न ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल