Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीपीको राष्ट्रिय मेलमिलाप भ्रम र वास्तविकता

काठमाडौं । पुस १६ गतेलाई २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा दिएर बीपी स्वदेश फर्किएको इतिहासको रुपमा काँग्रेसले आफ्नो किसिमले व्याख्या गर्ने गर्दछन् । पूर्व पञ्चहरुले यसलाई सिक्किम बिलयपछि देश संकटमा परेको अवस्थामा राजाको औचित्य रहेको भन्दै बीपी फर्किएको रुपमा व्याख्या गर्दछन् । २०३३ साल पुस १६ गते बीपी फर्कंदा उनलाई फाँसी दिनुपर्छ भन्ने तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा कुख्यात मण्डले सुनिल बहादुर थापा अहिले डा. शेखर कोइरालाभन्दा वरियतामा काँग्रेसमा अगाडि रहेका छन् । के हो त बीपीको राष्ट्रिय मेलमिलाप ? वि.सं. २०३० को दशकमा रअका निर्देशक रामेश्वरनाथ कावको निर्देशनमा नेपाल एयरलाइन्सको विमान अपहण बीपी कोइरालाकै सल्लाहमा गरेको कुरा उनका भाइ गिरिजाप्रसाद कोइरालाले जगत नेपाललाई दिएको अन्तर्वार्तामा खुलासा गरेका छन् । रअको योजनाअनुसार इन्दिरा गान्धीले पूर्वी पाकिस्तान विभाजन गरेर बंगलादेश निर्माण गर्ने क्रममा बीपी कोइराला र पुष्पलालले रअलाई नै सहयोग गरेका थिए ।

पूर्वी पाकिस्तानका विद्रोहीहरुलाई रअको योजनामा हतियार सप्लाई गर्ने काम बीपीले गरेका थिए भने दुई ट्रक हतियार लगेर बुझाउने चक्र बास्तोला र सुशिल कोइराला थिए । यो कुरा स्वयं सुशील कोइरालाले पनि स्वीकारेका थिए भने बीपीको आत्मवृतान्तमा पनि उल्लेख छ । यतिबेला बीपीको बीचारको व्याख्या गर्नेमा सूर्यबहादुर पुत्र सुनिल थापा र एसडी मुनिका धर्मपुत्र युरोपियन इशाई मेशिनरीको पैसा नेपालका सञ्चार मिडिया र सञ्चारकर्मीहरुलाई वितरण गर्ने हरि शर्मा, विष्णु सापकोटा र सञ्जिव पोखरेलहरु हुन गएका छन् । जब बीपी कोइराला इन्टरनेशनल सोसलिष्टको बैठकमा बेलायतमा गएर इन्टरनेशनल सोसलिष्टको उपाध्यक्षमा चुनिए ततपश्चात् उनी इन्दिरा गान्धीको निशानामा परे । भारतमा अमेरिका र बेलायतको आड भरोसामा पार्टी चलाउँछु भन्ने जयप्रकाश नारायणको सोसलिष्ट पार्टीसँग बीपी नजिक थिए । सोसलिष्ट पार्टी चीनको च्याङकाईसेकको कोमिन्ताङ जस्तै थियो । सोसलिष्ट पार्टीसँग निकट देखेपछि बीपीलाई इन्दिरा गान्धीले आफ्नो नियन्त्रण घेराभन्दा बाहिर जान नदिने आदेश जारी गरिन्. । ततपश्चात् जयप्रकाश नारायणले राजा वीरेन्द्रलाई पत्र पठाए । जुन पत्रको प्रतिलिपि भोला चटर्जीद्वारा संकलित बीपीका अन्तर्वार्ताहरुको संग्रहमा छ ।

यसरी पश्चिमाहरुको लविङपछि तत्कालिन राजपरिषद्का सदस्य डा. केशरजंग रायमाझीलाई बीपीलाई केही पनि नहुने र सुरक्षित हुने सन्देका साथ राजा वीरेन्द्रले दिल्ली पठाए । रायमाझीले बीपीलाई भेटेर सबै कुरा भनिसकेपछि जयप्रकाश नारायण, राजा वीरेन्द्र र केशरजंग रायमाझीको पहलमा उनी नेपाल फर्किएका थिए । ततपश्चात इन्दिरा गान्धीसँग निकट रहेका सूर्यबहादुर थापाले उनको फाँसीको सजायँ माग गरेका थिए । यसकारण बीपीको राष्ट्रिय मेलमिलाप न त राष्ट्रियताको हितको दृष्टिकोणले थियो न त प्रजातान्त्रिक रक्षाको दृष्टिकोणबाट नै । बाह्य रुपमा प्रजातन्त्रबादी भनिए पनि कोइरालाहरु कहिल्यै पनि आफैंमा प्रजातान्त्रिक थिएनन् । राणा विरोधी आन्दोलनका नेता टंकप्रसादलाई बाइपास गर्नेदेखि सूर्यप्रसाद उपाध्यायलाई चुनाव हराउनेसम्म बीपीकै भूमिका थियो । २०१७ सालपछि कोदारी राजमार्ग राजा महेन्द्रले खोल्न लागेपछि त्यसका विरुद्ध बीपी कोइरालाले वक्तव्य नै जारी गरेका थिए । जुन कुरा रेकर्डमा हेर्न सकिन्छ । यसकारण बीपीको कथित राष्ट्रिय मेलमिलाप नत काँग्रेसीहरुले भनेजस्तो ज्यानको बाजी राखेर स्वदेश फर्किएको हो न त पूर्व पञ्चहरुले भनेजस्तो राष्ट्रिय हितका लागि उनी राजासँग घाँटी जोड्न आएका हुन् ।