Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । बढुवा रोकिएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन्। नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार राजीनामापत्र बुझाएका हुन्। उनीहरुले विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठानपाठनमा असर परेको लगाएतका विषयमा स्वास्थ्यमन्त्रीलाई जानकारी गराएका थिए। तर मन्त्री नै समस्याबाट पिन्छएपछि सामूहिक राजीनामा दिएको चिकित्सकहरुले बताएका छन्।