Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीबीसी डकुमेन्ट्रीप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको दाबी गरेका छन्। चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो, पोखरेलले भनेका छन्, नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो। हामीले बुझ्नुपर्छ। उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा पनि जोड दिएका छन्। नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो, उनले भनेका छन्, सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ। भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ। सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल