Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन आउँदै

काठमाडौँ । दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०७६ र दाबी उजुरी कार्यविधि २०७६ छिट्टै कार्यान्वयनमा आउने भएको छ । दाबी भुक्तानीमा देखिएको समस्याहरूको समाधान गर्दै बीमा क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन बीमा समितिले कार्यविधि कार्यान्वयनमा ल्याउन लागेको हो । कार्यविधिमा बीमा कम्पनीहरूले सात दिनभित्रमा नै दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । बीमा कम्पनीमा दाबी भुक्तानी विभाग गठन गर्नुपर्ने र सो विभागले दाबीको प्रकृति हेरी आवश्यक कागजपत्र सङ्कलन गरेर दाबी भुक्तानीको प्रक्रिया तुरुन्तै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ । बीमा कम्पनीले दाबी भुक्तानी नगरेको वा दाबीसम्बन्धी अन्य उजुरी परेमा कम्पनीले १५ दिनभित्रमा समितिमा लिखित जवाफ पेस गरिसक्नुपर्ने समेत स्पष्ट पारिएको छ । त्यस्तै, १० लाखभन्दा माथिको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा विशेष ध्यान दिने प्रणालीको विकास गर्नुपर्ने, ५० हजार रूपैयाँभन्दा बढीको भुक्तानी अनिवार्यरूपमा बैङ्क खातामार्फत् गर्नुपर्ने लगायतका व्यवस्था मार्गदर्शनमा गरिएको छ ।