Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुटवलमा होटलमा महिला मृत, पुरुष बेपत्ताा

काठमाडौं । रुपन्देहीमा होटलभित्र एक महिला मृत फेला परेकी छन्। उनीसँगै बसेका पुरुष भने फरार भएका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ हाटबजारमा कपडा पसल गर्ने ३८ वर्षीया मनीषा जैसवाल सोही उपमहानगपालिका–९, इँटाभट्टीस्थित होटल वजन २४ मा शनिबार मृत अवस्थामा फेला परेकी हुन्। उक्त होटलको कोठा नम्बर ३०३ मा शुक्रबार पुरुष र महिला गरी २ जना बसेका थिए।
तर कोठा बन्द रहेको र सम्पर्कमा समेत नआएको भनी होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा खोली हेर्दा जैसवाललाई मृत अवस्थामा फेला पारेको हो।उनीसँगै बसेका पुरुष भने फरार रहेको र हाल उनको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी गरिरहेको छ।